पूर्वप्रधानसेनापति धर्मपालवरसिंहको निधन



काठमाडौँ।

पूर्वप्रधानसेनापति धर्मपालवरसिंह थापाको ८५ वर्षको उमेरमा निधन भएको छ । बिहीबार बिहान छाउनीस्थित नेपाल सैनिक अस्पतालमा उपचारका क्रममा  उनको निधन भएको नेपाली सेनाले जनाएको छ ।

थापा स्वास्थ्यमा समस्या आएपछि दुई दिनअघि अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनको निधन भएको हो ।

उनी २०५२ देखि ०५६ सालसम्म नेपाली सेनाको प्रधानसेनापति बनेका थिए । उनी चीन भ्रमण गर्ने पहिलो प्रधानसेनापति हुन्।

प्रतिक्रिया दिनुहोस्