गलत काम नगर्नेले उजुरी पर्दैमा डराउनु नपर्ने अख्तियारको भनाई



बुटवल ।

सदाचार, निष्पक्षता र निर्भिकता मुल मन्त्र बनाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले स्थानिय तहसँग भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।

आयोगको कार्यालयहरुमा स्थानिय तह सम्बन्धी धेरै उजुरीहरु आउने गरेकाले स्थानिय तहका जनप्रतिनिधी र कर्मचारीसँग अन्तरक्रिया संचालन गरिएको हो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सुशासन प्रवद्र्धन गर्ने कुरामा बुटवल उपमहानगरपालिका प्रतिवद्व रहेको बताउनु भएको छ । नगर प्रमुख पाण्डेयले सुशासन प्रवद्र्धनमा आफुहरू प्रतिवद्व रहेको बताउदै एक दुई दिन ढिलो भए पनि आवश्यक प्रक्रिया पुरा गरेर मात्रै काम अगाडि बढाउन जनप्रतिनिधि तथा कर्मचारीहरूलाई आग्रह गर्नु भएको छ ।

विकासमा बाधा पु¥याउने र दुख दिने नियतले पनि उजुरी प्रबृत्ति देखिएको भन्दै उहाले त्यस्तो कार्यलाई निरूत्साहित गर्नुपर्ने उपप्रमुख सावित्रा देवी अर्यालले बताउनु भयो । पछिल्लो समय दुख दिने नियतले पनि उजुरी पर्ने गरेको भन्दै त्यसलाई न्युनिकरण गर्न जरुरी रहेको बताउनु भयो । भ्रष्टाचारको कसुरमा पक्राउ परेर अदालतबाट सफाई पाएका उदाहरण पनि रहेको भन्दै उहाले उसमाथि लागेको भ्रष्टाचारीको दाग कसरी मेटाउने भनी प्रश्न समेत गर्नुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख राजेन्द्रकुमार पौडेलले समाजमा सदाचार प्रवद्र्धन गर्न घर घर बाटै अभियान चलाउनु पर्नेमा जोड दिदै गलत काम नगर्नेले उजुरी पर्दैमा डराउनु नपर्ने बताउनु भएको छ । २०६३ सालपछि अख्तियारको दायरा खुम्चयाइएकोले आम जनताले सोचे जस्तो काम हन नसकेको बताउनु भयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनाल लगाएतले आयोग र बुटवल उपमहानगरबाट भए गरेका काम कारबाही बारे प्रस्तुतिकरण गरेका थिए ।

सो अवसरमा नयाँगाउँ माविका प्रधानाध्यापक पुरूषोत्तम भट्टराईले पछिल्लो समय अदालत,अख्तियार लगायतका संबैधानिक निकायप्रति जनताको विश्वास गुम्दै गएको भन्दै ती निकायले जनताको विश्वास जगाउने खालका काम गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्