डढेलोले सखाप धादिङका बन, संरक्षणमा खर्च गर्छ, तथ्यांक छैन



धादिङ ।

समूदायले संरक्षण गरेर राखिएका सामूदायिकबनहरु अधिकांस डढेलोबाट सखाप भए । धादिङ जिल्ला नेपालकै धेरै सामुदायिक बन भएको जिल्ला हो ।

खासगरि सदरमुकाम धादिङबेसी आसपासको क्षेत्रका सामुदायिक र सरकारी जंगर सबैजसो डढेलोको चपेटामा पर्दा संरक्षित जनावरहरु समेत मरेको संरक्षणकर्मीहरुको भनाइ छ । संरक्षित सूचिमा रहेको सालक धादिङका सामुदायिक बन र सरकारी बनमा अत्याधिक पाइन्छ । तर बन डढेलोका कारण कति यस किसिमका जनावर मरेभन्ने तथ्यांक समेत डिभिजन बन कार्यालयसंग छ । सालक संरक्षण अभियान र सालक संरक्षणका लागि विभिन्न सचेतनामूलक काईक्रम गर्दै सरकारी रकम खर्च गर्दै आएको डिभिजन बन कार्यालयले बन जंगलको क्षतिबारे यकिन तथ्यांक समेत राख्न सकेको छैन ।

धादिङसातसयभन्दा बढी सामुदायिक बन रहेको धादिङमा चैत महिनामा मात्र ३१ ओटा डढेलोको घटनामा २५ त सामुदायिक बनमा डढेलो लाग्दा ९६ दशमलब ५ हेक्टर बन सखाप भएको डिभिजन बन कार्यालय धादिङका सूचनाअधिकारी टंकनारायण श्रेष्ठले बताउनुभयो । डढेलो लाग्नुमा मानवीय कारण कारक रहेको, डढेलोबाट भूईँका पुनरूत्पादनहरूमा क्षति पुगेको छ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्कर २ को सामुदायिक वनमा लागेको डढेलो निभाएर घर फर्किद्या एक जनाको मृत्यु समेत भएको छ ।

डढेलो नियन्त्रणका लागि बन डिभिजनले सरकारी कोषबाट रकम खर्च गर्दै केही स्वयंसेवक समेत नियुक्त गरेर डढेलो नियन्त्रण कार्यक्रम संचालन गरेकै दिनबाट धादिङमा डढेलोका घटनाहरु भएको पाइएको छ । डिभिजन बन कार्यालमा डढेलो र यसबाट पुगेको क्षतिबारे बन जंगलको संख्याबाहेक कुनै तथ्यांक समेत छैन ।

अधिकांस बनमा खेतबारीमा मल आउँछ, जनावर चराउन पाइन्छ वा दाउरा ल्याउन पाइन्छ भनेर डढेलो लगाउने गरेको पाइएको भएपनि डढेलो लगानउनेलाई कारबाही भएको छैन । नीलकण्ठ नगरपालिका वडा नम्बर ५ मा दाउरा घाँस ल्याउन घर छेउको जंगलमा डढेलो लगाइदिँदा एक घर ५ गोठ जलेर नष्ट भए ।

आगो लगाउने समेत पत्ता लागेर कारबाहीको लागि निवेदन दिँदा वडा अध्यक्षले समेत कारबाही गर्न हुन्न भनेर आगो लगाउनेको पक्ष लिएको पीडितले नेपाल समाचारपत्रलाई बताउनुभयो । केही बनमा मात्र असावधानीले डढेलो लाग्ने गरेको पाइएको छ । बन संरक्षणको अभियान संचालन भइरहने र उपभोक्ताहरुबाट नै अगो लगाउने प्रवृत्ति बढेको बन संरक्षणकमीहरुको भनाइ छ ।

डढेलोका कारण बाँदर लगायतका जंगली जनावरको खानेकुरा नष्ट हुने धेरै किसिमका जनावर र संरक्षित जनावरहरु मर्ने, मानवका लागि नभइ नहुने सर्प लगायतको जिवहरु नष्ट भएर मानव जिवन संकटमा पर्ने जस्ता कुरा संरक्षणकर्मीको छ भने डढेलोले जलवायु परिवर्तमा समेत भूमिका खेलोको संरक्षणकर्मी भूमिरमण नेपालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्