सालिक ताेडफाेडकाे सर्वत्र निन्दा,दाेषीलाई कार्यवाहीकाे माग



नवलपरासी । 

पार्क भित्र रहेकाे स्थानीय वडाध्यक्षकाे शालिक रातकाे समयमा ताेडफाेड भए पछि यसकाे सर्वत्र निन्दा भएकाे छ ।  जिल्लाकाे हुप्सेकाेट गाउपालिका वडा नं.१ स्थित नेपाली काँग्रेसका नेता एवं पूर्व वडाध्यक्ष स्वर्गीय चित्र बहादुर कानु मगरकाे अर्धकदकाे सालिक बैशाखकाे अन्तिम रात फाेडिएकाे थियाे ।

लाेकप्रिय युवा नेता कानुँकाे सालिक ताेडफाेड घटनाकाे नेपाली काँग्रेस गाउँ कार्य समिति हुप्सेकाेट तथा जिल्ला समिति नवलपुरले छुट्टाछुट्टै बिज्ञप्ती फार्फत घाेर निन्दा तथा भ्रत्सना गरेकाे छ ।

नेपाली काग्रेस जिल्ला सभापति महेन्द्रध्वज जिसी, हुप्सेकाेट गाउँ कार्य समिति सभापति बल बहादुर रानाले ताेडफाेड कार्यमा संलग्न ब्यक्ति वा समूहकाे पहिचान गरि कार्यबाही गर्न प्रशासन समक्ष माग गरेकाछन् ।

यसै सम्वन्धमा नेकपा माओवादी केन्द्र हुप्सेकाेट,सहिद प्रदुक स्मृति प्रतिष्ठान हुप्सेकाेट १ ले पनि घटनाकाे निन्दा गर्दै बिज्ञप्ती जारी गरेकाछन् ।
जिल्ला स्थित प्रहरी प्रवक्ता प्रनाउ बेद बहादुर पाैडेलले घटनाका दाेषीकाे पहिचानका लागि अनुसन्धान कार्य भई रहेकाे बताए ।

वडाकाे बिकासमा सदैव लागि रहने जननिर्वाचित पूर्व वडाध्यक्ष कानुँकाे पद बहाल रहेकै अवस्थामा अकस्मात निधन भए पछि उनकाे संम्झनामा वडाबासीले १ नम्वर वडा कार्यालय नजिकै पार्कमा सालिक राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्