किसानहरूलाई भेडासहित आवश्यक सामाग्रीहरु वितरण



मुगु । 

पशुपालनलाई जिविकोपार्जनको आधार बनाएँदै आएका मुगुका किसानहरूलाई भेडासहित भेडापालनका लागि आवश्यक पर्ने सामाग्रीहरु वितरण गरिएको छ ।

जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयले मुगुमकार्माराङ गाँउपालिका–९ का छायँयल, पापु र चिमाथ गाउँका ६१ परिवार किसानलाई भेडा र भेडापालनका सामाग्री उपलब्ध गराएको हो । किसानलाई भेडापालनमा प्रोत्साहन र सहयोग गर्ने उद्देश्यले कार्यालयले अनुदानमा सामाग्रीहरु वितरण गरेको जनाएको छ ।

कार्यालयले भेडापालन गर्दै आएका किसानले प्रतिव्यक्ति एक–एक वटाका दरले भेडा, रेन्कोट, भेडाको ऊन कोर्ने काँगियो, कैँची, सादा पाल, सोलर, भ्याड, टर्च, सिलिपिङ ब्याग बितरण गरेको हो । कार्यालयका प्रमुख भीमचन्द्र बुढाले जिल्लामा व्यवसायिक भेडापालनको सम्भावना रहेकाले त्यसलाई बढावा दिनका लागि समेत अनुदानको कार्यक्रम राखिएको बताए । स्थानीयले प्रतिपरिवार ५० वटासम्म भेडा पाल्दै आएका छन् ।

तर उपकरण खरिद गर्न आवश्यक रकम नहुँदा उनीहरुले त्यसलाई व्यवसायिक बनाउन सकिरहेका छैनन् । मुगु अरु स्थानिय निकायले समेत भेडासँग सम्बन्धि त अनुदान पायपछि पछिल्लोपटक भेडापाल्न उत्साह छायको भेडा पालक कृषक छायाँनाथ रारा नगरिालिकाका भेडा पशुधनि हरीबहादुर रोकाया बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्