सालिक तोडफोडको सर्वत्र निन्दा



नवलपरासी  ।

पार्क भित्र रहेको स्थानीय वडाध्यक्षको शालिक रातको समयमा तोडफोड भए पछि यसको सर्वत्र निन्दा भएको छ । जिल्लाको हुप्सेकोट गाउपालिका वडा नं।१ स्थित नेपाली काँग्रेसका नेता एवं पूर्व वडाध्यक्ष स्वर्गीय चित्र बहादुर कानु मगरको अर्धकदको सालिक बैशाखको अन्तिम रात फोडिएको थियो ।

लोकप्रिय युवा नेता कानुको सालिक तोडफोड घटनाको नेपाली काँग्रेस गाउँ कार्य समिति हुप्सेकोट तथा जिल्ला समिति नवलपुरले छुट्टाछुट्टै बिज्ञप्ती फार्फत घोर निन्दा तथा भ्रत्सना गरेको छ । नेपाली काग्रेस जिल्ला सभापति महेन्द्रध्वज जिसी, हुप्सेकोट गाउँ कार्य समिति सभापति बल बहादुर रानाले तोडफोड कार्यमा संलग्न ब्यक्ति वा समूहको पहिचान गरि कार्यबाही गर्न प्रशासन समक्ष माग गरेकाछन् ।

यसै सम्वन्धमा काग्रेस सम्बद्ध तरूण दल लगायत अन्य संघसंस्थाले पनि प्रेस बिज्ञप्ती मार्फत घटनाको निन्दा गरेकाछन् । जिल्ला स्थित प्रहरी प्रवक्ता प्रनाउ बेद बहादुर पौडेलले घटनाका दोषीको पहिचानका लागि अनुसन्धान कार्य भई रहेको बताए ।

वडाको बिकासमा सदैव लागि रहने जननिर्वाचित पूर्व वडाध्यक्ष कानुको पद बहाल रहेकै अवस्थामा अकस्मात निधन भए पछि उनको संम्झनामा वडाबासीले १ नम्वर वडा कार्यालय नजिकै पार्कमा सालिक राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्