परिवारै अपाङ्ग, मेलापातबाट चल्छ गुजारा



ओखलढुंगाको खिजी देम्बा गाउपालिका १ रगनी निवासी खडक नारायण श्रेष्ठ प्रष्ट बोल्न सक्दैनन र कान पनि राम्रो सङ्ग सुन्न सक्दैनन । प्रष्ट बोल्न र सुन्न मात्रै नसक्ने हैन खडक नारायण दमको समेत रोगी रहेका छ्न । खडक नारायण आफु मात्रै अपाङ्ग र रोगी छैनन उनका श्रीमती खडक माया श्रेष्ठ झन न बोल्न सक्छ्न न कान नै सुन्छन ।

दुबै जना अपाङ्गता भएका श्रेष्ठ दम्पती आफुहरु मात्रै अपाङ्ग छैनन उनिहरुको साथमा रहेका २७ वार्षिय छोरा भुवन श्रेष्ठ पुर्ण रुपमा अपाङ्ग छ्न । भुवन थपक्क बसि दिए मात्रै पनि खडक नारायण लाई अलि हाई सञ्चो हुने थियो । सुस्त मनस्थितिका भुवन बेला बेलामा धेरै रिसाउने गर्दछ्न । भुवन रिसाएको बखत आफ्नो वरिपरि रहेका जो कोहीलाई झम्टीन्छ्न ।

बेला बेलामा भुवनको आक्रमणमा परि सकेका छ्न । रिस उठेको बेलामा जे पायो तेसैले हान्छ मलाई कति पटक कुटी सकेको छ यी यो चोट पनि उसैले हानेर हो हातको ईसाराले निधारमा लागेको चोट देखाउदै गह भरी आँसु पारेर ईसारा गरे खडक नारायण । दुखको पाहाडले थिचिएका खडक नारायणलाई घर गुजारा चलाउन निक्कै समस्या हुने गरेको बताउछन टोल सुधार समितिका अध्यक्ष समेत रहेका खडक नारायणका छिमेकी मित्र नारायण श्रेष्ठ । अन्न पात सकिदा मागेर लान्छ्न र काम परेको बेलामा काम गरि दिएर तिर्ने गरेको बताउछ्न मित्र नारायण । पसल बाट चामल, दाल लगाएतका घरायसी सामाग्री पसलहरु बाट लिने गरेको र ज्याला मज्दुरीमा काम गरेर तिर्ने गरेको बताउछ्न खडक नारायणका छिमेकीहरु ।

भुवनले नियमित औषधी सेवन गरेमा केही सुधार हुने स्वास्थ्य कर्मीहरुको भनाई रहेको बताउछ्न खडक नारायणका अर्का छिमेकी कञ्चन पौड्याल । नियमित औषधि खाएत केही निको हुने थिए होला नि के गर्नु घरमा सबै जना अपाङ्गता भएका मात्रै छ्न , कस्ले खुवाउने र रु छिमेकी कञ्चनले गुनासो गरिन ।

जम्मा १ रोपनी पाखो बारी मात्रै खडक नारायणको स्वामित्वमा रहेको बताउछ्न छिमेकी मित्र नारायण श्रेष्ठ । जम्मा एक रोपनी जग्गा तीन जनाको परिवार त्यसै पनि सबै अपाङ्गता भएका सारै कठिन छ उहाहरुलाई लामो सुस्केरा हाल्दै बेली बिस्तार सुनाउछ्न छिमेकी मित्र नारायण । आफ्नै छिमेकीको पीडा सुनाउदा कता कता मित्र नारायणका आँखा टिलपिलाएका देखीन्थे ।

मित्र नारायणको मात्रै हैन छेवईमा बसेर सुनी रहेका खिजि देम्बा गाउपालिकाका सुचना प्राविधि अधिकृत दिनेश हुमागाई र समुदायमा आधारित पुन स्थापना कार्यक्रमका सहज कर्ता अञ्जना थापाको आखामा समेत आँसु रसाएको प्रस्टै देखिन्थ्यो । गर्न के सकिन्छ र रु एक दुई हजारले हुदैन पो आईटी अधिकृत हुमागाईले पीडा प्रस्टै छछ्ल्काए ।

युनाईटेड मिसन टु नेपाल मेडिकल एण्ड ट्रष्ट द्वरा सञ्चालित समुदायमा आधारित पुन स्थापना कार्यक्रमले मानसिक स्वास्थ्य परिक्षण शिविरमा परिक्षण गराई औषधी सेवनमा सहयोग गरेको कार्यक्रमका सहजकर्ता अञ्जना थापाले बताएका छ्न । यसै गरि कार्यक्रमको सहयोगमा सरफाई सामाग्रीका साथै खाद्यन्न सामाग्रीहरुको समेत सहयोग गरेको सहज कर्ता थापाको भनाई रहेको छ । सि बि आर कार्यक्रमले जिविकोपार्जनमा बाख्रा पालनका लागी रु ६ हजार २ सय नगद समेत सहयोग गरेको सहज कर्ता थापाको भनाई रहेको छ ।

खिजी देम्बा गाउपालिका हाल सालै शिविर सञ्चालन गरेर खडक नारायणको तिनै जना परिवारलाई (ख)बर्गको अपाङ्गता परिचयपत्र बितरण गरेको खिजी देम्बा गाउपालिकाका महिला वालवालिका तथा समाज कल्याण शाखा प्रमुख मनु उपाध्यायले बताएका छ्न् । अब त तिनै जनाको अपाङ्गता परिचयपत्र बन्यो तिनै जनाले मासिक २१ सय रुपैया पाउछ्न उनिहरुलाई गुजारा चलाउन निक्कै सहज हुन्छ अनुहार उज्यालो पार्दै दुख सुखका सारथि छिमेकी मित्र नारायण श्रेष्ठले खुशी साटे ।

प्रतिक्रिया दिनुहोस्