राष्ट्रिय युवा संघ नेपालको स्थापना दिवसमा रक्तदान



दोलखा ।

राष्ट्रिय युवा संघ नेपालको ३५ औ स्थापना दिवसको अवसरमा मंगलवार दोलखा सदरमुकाम चरिकोटमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल दोलखाको आयोजना तथा नेपाल रेडक्रस शोसाईटी जिल्ला शाखा दोलखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको जनाईएको छ ।

रक्तदान कार्यक्रममा तीन जना महिला र ३४ जना पुरुष गरी ३७ जनाले रक्तदान गर्नु भएको राष्ट्रिय युवा संघ नेपाल दोलखाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो ।  रक्तदानमा सहभागि ३७ जनालाई नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ र नेपाल रेडक्रस शोसाईटी जिल्ला शाखा दोलखाका सभापति ईश्वरी प्रसाद दाहालले संयुक्त रुपमा प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्