जसपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

1.32k
Shares

 काठमाडौँ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले आज सभामुखलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् । अध्यक्ष यादवले जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट समेत बाहिरिएको बताए।

उनले आफ्नो पार्टी सरकारबाट समेत बाहिरिएकाले संसदमा प्रतिपक्षमा नै बसी रचनात्मक भूमिका निर्बाह गर्ने बताए।