अनेरास्ववियुको आयोजनामा विद्यार्थी महोत्सव भोलिदेखि  

 ५ प्रतिशत रकम छात्रवृत्ति दिने घोषणा



काठमाडौँ। 

  एमाले निकट अनेरास्ववियुले भोलिबाट आयोजना गर्ने  ‘विद्यार्थी महोत्सव’ को तयारी पूरा गरेको छ । महोत्सवको तयारीको बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा  अनेरास्ववियुका  अध्यक्ष समिक बडालले सबै तयारी पूरा  भएको  जानकारी दिए ।

उनले विद्यार्थीलाई मुलुकमा नै पढेर केही गर्न सकिन्छ भनेर जानकारी गराउन महोत्सव गर्न थालिएको बताए । उनले भने –ब्रेन ड्रेन होइन ब्रेन ग्रेन गराउन महोत्सव आयोजना गरेका हौँ  । काठमाडौँको भृकुटीमण्डपमा मंगलबारदेखि ३ गतेसम्म सञ्चालन हुने महोत्सवको पाटी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नु हुनेछ ।’

युवा विद्यार्थीलाई मातृभूमि प्रति प्रेम र स्नेह जगाउँदै ‘नेपालमै पढ्छु, म बनाउँछु मेरो देश नेपाल’ भन्ने भावना जागृत गर्दै ‘विद्यार्थी महोत्सव’ का माध्यमबाट नयाँ जागरण ल्याउने प्रयत्न गर्ने उनले बताए । अध्यक्ष बडालले विद्यार्थी महोत्सवमा विद्यार्थीलाई नेपालको शिक्षा प्रणालीको बारेमा जानकारी गराउनुको साथै शिक्षा प्रणाली सुधार गर्न के–के आवश्यक छ भनेर सुझाव दिने बताए । महोत्सवबाट बचेको ५ प्रतिशत रकम गरिबी, जेहेन्दार विद्यार्थीलाई छात्रवृतिका लागि दिइने उहालेघोषणा गरे ।

नेपालको विद्यार्थी आन्दोलनको इतिहासमा यो कार्यक्रम सबैभन्दा ठूलो शैक्षिक महोत्सव हो । महोत्सवमा  प्रत्यक्ष परियोजनाहरू, । लाइभ म्युजिक, करियर काउन्सिलिङ्ग, बहस र संवाद, सातवटै प्रदेश झल्कने खालका सांस्कृतिक कार्यक्रम, रक्तदान तथा स्वास्थ्य शिविर, ।फूड स्टल, ई–गेमिङ्ग प्रतियोगिता,  रोवोटिक्स, पर्यटन भिजन, विश्वविद्यालय जानकारी,  कानूनी शिविर, लाइभ पेन्टिङ प्रतियोगिता,। चलचित्र स्क्रिनिङ र दस्तावेजीकरण कार्यक्रम गरिने छ । यस्तै विद्यार्थी महोत्सवमा सामूहिक छलफल समेत हुने छ ।

विद्यार्थी आन्दोलनको छ दशक र अवको कार्यभार, शिक्षा प्रणालीको पोलिटिकल इन्जिनियरिङ कस्तो ?, कसरी सम्भव छ राजनीतिक स्थायित्व ?, बदलिँदो भूराजनीति र नेपाल, विश्वविद्यालय सुधार किन र कसरी ?, युवा विद्यार्थी पलायनको अर्थ राजनीतिक आयाम लगायतका विषयमा नेपालका राजनीतिक दलका नेताबीच सामूहिक छलफल हुने छ ।

विद्यार्थी आन्दोलनलाई रचनात्मक गतिविधिसंग जोड्न र नेपालको शैक्षिक प्रणाली तथा त्यसमा सुधार गर्नुपर्ने पक्षका बारेमा सामूहिक छलफल गरी आएका निष्कर्षलाई हामीले सरकार र सम्बन्धित निकायलाई सुझाव दिन महोत्सव आयोजना गरेको महासचिव नरेश रोकायाले जानकारी दिए ।

‘विद्यार्थी महोत्सवबाट विदेशमा होइन नेपालमै उत्कृष्ट गुणस्तरीय शिक्षा छ र नेपालको शिक्षाबाट नै केही गर्न सकिन्छ भन्ने सन्देश दिने खोजेका उनको भनाई थियो ।

विद्यार्थी महोत्सवका संयोजक धर्म गिरीका अनुसार महोत्सवमा १ सय ५० बढी शैक्षिक स्टल राखिने छन । ‘विद्यार्थी महोत्सव’ मा विद्यार्थीलाई मनोरञ्जन प्रदान गर्नका लागि लाइभ म्युजिक कार्यक्रम समेत राखिएको छ । जोन एण्ड दि लोकल्स, द इलिमेन्ट र अनुप्रस्थ जस्ता चर्चित ब्याण्डका कलाकारहरुले प्रत्येक दिन दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म साङ्गीतिक कार्यक्रम मार्फत मनोरञ्जन प्रदान गर्नेछन्  ।

महोत्सवमा देशभरिबाट करिब एक लाख विद्यार्थीले प्रत्यक्ष अवलोकन गर्ने लक्ष्य  राखिएको छ । वर्षेनी १ लाख २० हजार विद्यार्थीलाई विदेश जानबाट रोक्न र शिक्षा तर्फको यो वर्षको हालसम्म विदेशिएको ६७ अर्ब १९ करोड रुपियाँ बाहिरिनबाट रोक्नको लागि सहयोग पुग्न सकोस भनी महोत्सव आयोजना गरेको अध्यक्ष बडालको भनाई छ । हामीले विदेशमा होइन नेपालमै उत्कृष्ठ गुणस्तरीय शिक्षा छ र  नेपालमा शिक्षाबाट केही गर्न सकिन्छ भन्ने सन्देशदिन महोत्सव आयोजना गरेका हौ–संयोजक एर्वै अनेरास्ववियुका उपाध्यक्ष गिरीले भने ।

प्रतिक्रिया दिनुहोस्