युएन मिसनमा जागिर लगाइदिन्छु भनी चार करोड भन्दा बढी ठग्ने कास्कीका श्रेष्ठ पक्राउ

1.03k
Shares

काठमाडौँ।

नेपाल प्रहरीले वैदेशिक रोजगारीमा टर्की पठाउने भनी चार करोड भन्दा बढी रकम ठगी गर्ने व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका ५ का ४२ वर्षीय विनोद श्रेष्ठ रहेका छन्।

उनलाई काठमाडौं–७ चाबहिलबाट पक्राउ गरी अनुसन्धान अघि बढाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले जानकारी दिए।

उनले टर्कीको युएन मिसन कार्यालयमा वर्क पर्मिटमा कामदार पठाउने र त्यहाँ पुगेपछि आकर्षक तलब हुने प्रलोभन देखाइ १२४ जनाबाट चार करोड ३४ लाख उठाएर फरार रहेका थिए।