घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

17.39k
Shares

काठमाडौं ।

नेपाली बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ३८ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ३८ हजार एक सय रुपैयाँ निर्धारण भएको छ।

यस्तै तेजाबी सुन आइतबार एक लाख ३७ हजार सात सय ५० रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३७ हजार चार सय ५० रुपैयाँ निर्धारण भएको छ। त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले ओरालो लागेको छ।

आइतबार प्रतितोला एक हजार सात सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय १५ रुपैयाँ निर्धारण भएको छ।