१२ हजारभन्दा बढीलाई सुइबाट खोप दिने तयारी

आठवर्ष अघि पोलियो खोप दिन छुटेकालाई खोप दिइने

4.9k
Shares

धादिङ ।

आठवर्ष अघि पोलियो खोप दिन छुटेका बालबालिकालाई सरकारले अभियानको रुपमा पोलियो खोप दिन तयारी गर्दै सरोकारवालासंग जिल्ला तहमा छलफल संचालन गरिएको छ ।

देशभर पोलियो उन्मुलन कार्यक्रम अन्तरगत पोलियोको टाइप २ अन्तरगतका खोप छुटेका बालबालिकालाई अभियानको रुपमा आइपिभि खोप अभियान भनेर खोप लगाइने भएको छ । यसैक्रममा जिल्ला सदरमुकाम धादिङबेसीमा जिल्ला पोलियो खोप समन्वय समितिको बैठक जिल्ला समन्वय समिति अध्यक्ष नवराज अधिकारीको अध्यक्षतामा बसी आगामी जेठ १३ देखि २६ गतेसम्म खोप संचालन गर्ने निर्णय गरेको छ ।

नियमित खोप केन्द्र र सबै विद्यालयमा खोप केन्द्र समेत ४ सय ८० खोपकेन्द्रबाट १२ हजार ७ सय ९० जना बालबालिकालाई खोपदिने कार्यक्रम संचालन गरिने जिल्ला खोप समन्वय समितिका सदस्यसचिव तथा जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख बिपुकुमार झाले बताउनुभयो ।

२०७३ बैशाखदेखि ०७५ असोजसम्म पोलियो खोप दिन छुटेकाहरुलाई यो खोप अभियानमा सहभागि गराइने र समूदायमा भएका कोही नछुटुन भनेर खोपकेन्द्रबाट मात्र नभइ स्वास्थ्य संस्थाबाट समेत खोप अभिायन संचालन गरिने योजना रहेको जनस्वास्थ्य कार्यालय धादिङका खोप सुपरभाइजर श्याम पोखरेलले जानकारी दिनुभयो ।

तत्कालिन अवस्थामा पोलियो खोप थोपा खुवाइने भएपनि अहिले अभियानको रुपमा सुइबाट खोप दिनेगरि नेपालभर एकै पटक संचालन गर्नेगरि व्यवस्था मिलाइएको छ । सन् २०२६ मा पोलियो उन्मुखलन गर्ने लक्ष लिइएकोले सबैलाई पोलियो खोपका लागि नजिकको खोपकेन्द्रमा बालबालिकालाई लैजानका लागि जनस्वास्थ्य कार्यालय धादिङले सार्वजनिक सूचनागरि आग्रह समेत गरेको छ ।