मधेशमा एमाले नेतृत्वमा सरकार बनाउन छलफल शुरु

924
Shares

काठमाडौं ।

मधेश प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार बनाउने छलफल शुरु भएको छ । मधेश सरकारबाट आइतबार एमाले र माओवादी केन्द्र बाहिरिएपछि जसपा नेपालको नेतृत्वमा रहेको सरकार अल्पमतमा परेको छ ।

सरकारबाट बाहिरिएपछि एमालेको नेतृत्वमा सरकार बनाउने गरि छलफल शुरु भएको छ । एमाले मधेशमा २५ सांसदसहित सबैभन्दा ठुलो दल हो । नयाँ सरकार बनाउन एमाले, माओवादी केन्द्र, जनमत र लोसपाबीच छलफल शुरु भएको छ ।

१०७ सदस्यीय मधेश प्रदेशमा एमालेको २५, जनमतको १३, माओवादी केन्द्र र लोसपाको ९-९ सिट रहेको छ । चार दलको कुल ५६ सिट रहेपछि सभामुख बाहेक ५५ मत हुने हुनाले बहुमत पुग्ने देखिन्छ ।