अवैध रुपमा ल्याईएको सुनसहित दुई जना पक्राउ

294
Shares

काठमाडौं ।

अवैध रुपमा ल्याइएको सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका ५ बस्ने विजय कुमार लिम्बु रहेका छन् ।

प्रहरीले गोप्य सुचनाको आधारमा उनलाई बैशाख २७ गते पक्राउ गरेको हो । उनले कतारबाट अवैध रुपमा सुन ल्याई ५० ग्राम सुन जस्तो देखिने पहेलो धातुको तयारी गहनासहित प्रहरीले पक्राउ गरेको जानएको छ ।

उक्त घटनाकाे अनुसन्धानको क्रममा सुनसरी रामधुनी नगरपालिक-७ घर भई हाल कुमारीगल नयाँबस्ती बस्ने जीवन बस्नेतको संलग्नता रहेको प्रहरीले जानएको छ ।

बस्नेतलाई गौशलाबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार गौचरण काठमाडौँ पठाइएकाे छ  ।