लुम्बिनी प्रदेशका दुई सांसद जसपामा खुले



बुटवल ।

लुम्बिनी प्रदेश सभाका दुई सांसद नवगठित जनता समाजवादी पार्टीमा खुलेका छन् ।

प्रदेशसभा सदस्यहरू आदेश कुमार अग्रवाल र भण्डारीलाल अहिर यादवले लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा गई जसपाको पक्षमा सनाखत गरेका हुन् ।

दुवै जना बाँके- २ को १ र २ बाट प्रदेशसभा सदस्य पदमा प्रत्यक्ष निर्वाचित भएका थिए ।

जसपा नेपालका लुम्बिनीमा ३ सांसद रहेका छन् । २ जना जसपामा लागेसँगै अब जसपा नेपालका एक सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्