कोरियाली मोटर कम्पनी हुन्डाईका गाडी नेपालमै उत्पादन हुने



काठमाडाैं  । 

कोरियाली मोटर कम्पनी हुन्डाईका गाडी नेपालमै उत्पादन हुने भएका छन् । हुन्डाईको नेपालस्थित वितरक लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी)ले नवलपरासीको रामग्राममा हुण्डाई मोटर एसेम्बली प्लान्ट स्थापना गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार उक्त प्लान्टको स्थापना गर्नुभएको छ । ५ अर्ब रूपियाँभन्दा बढीको लागतमा ६५ हजार वर्ग मिटरको क्षेत्रफलमा फैलिएको एलएमसी हुण्डाई मोटर एसेम्बली प्लान्टमा १४ हजार वर्ग मिटरको निर्माण क्षेत्र रहेको छ।

८ हजार वटा गाडी वार्षिक उत्पादन क्षमता भएको प्लान्टमा २ सयभन्दा बढीले रोजगारी पाएका छन् । हुण्डाई मोटर कम्पनी (एचएमसी)को सबै मापदण्डको पालना गर्दै नेपालभर हुण्डाई मोटर गाडी उत्पादनलाई तीव्र गतिमा ल्याउने कम्पनीको लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्