धुलिखेल दोलखा अस्पतालमा एन्डोसकोपी सेवा



दोलखा ।

भीमेश्वर नगरपालिका वडा नम्बर– २ दोलखामा रहेको धुलिखेल दोलखा अस्पतालमा शनिवारबाट एन्डोसकोपी सेवा सुरु भएको छ । एन्डोसकोपी सेवाको शुभारम्भ भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धरले गर्नु भएको थियो ।

सो अवसरमा नगरप्रमुख इश्वर नारायण मानन्धरले धुलिखेल दोलखा अस्पतालले जिल्लामा गुणस्तरीय सेवा दिएको उल्लेख गर्नुहुदै एन्डोसकोपी सेवाले उपचारमा थप गुणस्तरीयता कायम हुने अपेक्षा लिएको बताउनु भयो ।

नगरप्रमुख मानन्धरले दोलखाली जनताले अस्पतालबाट सर्वसुलभ शुल्कमा एन्डोसकोपी सेवा लिन सक्ने वातावरण बनाउन अस्पताल प्रशासनलाई आग्रह गर्नु भयो । नगरप्रमुख मानन्धरले एन्डोसकोपी सेवाले दुर्गमका जनतालाई उपचारको लागि राजधानि जानुपर्ने बाध्यता हट्ने विश्वास लिएको समेत बताउनु भयो ।

धुलिखेल दोलखा अस्पतालका प्रशासन प्रमुख डा. दिपेश ताम्राकारको सभापतित्वमा सम्पन्न एन्डोसकोपी सेवा शुभारम्भ कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला वस्नेत, वडा नम्बर– २ का वडा अध्यक्ष स्टालीन श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । एन्डोसकोपी सेवाले ग्यास्ट्राइटिस, डुओडेनाइटिस, पेप्टिक अल्सर, पेप्टिक अल्सर रक्तस्राव, एच पाइलोरी संक्रमण, रक्तस्राव, ग्यास्ट्रिक क्यान्सर लगायत धेरै रोगहरुको पहिचान पछि उपचारमा सहज हुने डा. दिपेश ताम्राकारले बताउनु भयो ।

सदरमुकाम चरिकोटमा रहेको च्छो–रोल्पा जनरल अस्पतालले पनि केही समय अघिदेखी सम्बन्धित विरामीहरुलाई एन्डोसकोपी सेवाले दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्