उदयपुरमा अमर प्रहरी स्मृति संग्राहलय निर्माण गरिने


उदयपुर ।

जिल्ला प्रहरी कार्यालय उदयपुरमा अमर प्रहरी स्मृति संग्रहालय बनाइने भएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय उदयपुर परिसरभित्र आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले अमर प्रहरीहरुको सम्मानमा स्मकृति संग्रहालय बनाउनकालागि आवश्यक छलफल भैरहेको र भविष्यमा पुस्तकालय भवन रहेको घरको तल्लो भागमा संग्रहालय निमार्ण गर्न सकिने बताएका छन् ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका प्रहरी महानिरीक्षक कुवँरले जिल्ला प्रहरी कार्यालय उदयपुरको हाताभित्र नव निर्मित शैलेश्वरी शिव पाञ्चायन मन्दिर, अमर प्रहरी स्मारक र द लाइब्रेरी क्याफे को उद्घाटने प्रहरी नागरिक बिचको सम्बन्धलाई राम्रो बनाउनु आवश्यक रहेको बताउँदै स्थानीय जनताको सहयोगबाट नै प्रहरी सक्षम हुने र प्रहरी परिसरको सम्पति सबैको साझा भएको हुँदा प्रहरीलाई सहयोग गर्नु र संरक्षण गर्नु पर्ने बताउनु भयो ।

आर्थिक श्रोत साधन जुटाउन स्थानीय उद्यमी, स्थानीय तह स्थानीय जनताको साथ सहयोग सधैँ आवश्यक हुने भएकोले प्रहरीलाई सक्षम बनाउन प्रहरीले पनि नागरिकलाई साथमा लिएर हिड्नु पर्ने र स्थानीयको सहयोग महत्वपूर्ण हुने प्रहरी महानिरीक्षक कुवँरले बताए । प्रहरी महानिरीक्षक कुवँरले उदयपुरमा ४ सय ५० थान मुद्दा दर्ता भएको र लागु औषधका मुद्दा धेरै भएको हुँदा आत्महत्या, तथा अन्य सामाजिक अपराध न्युनिकरण गर्न नागरिकको विश्वास सहयोग सद्भावबाट न्युनिकरण गर्न सकिने बताए ।

उदयपुरले लागु औषध नियन्त्रण गर्न फरक रणनीति अपनाएकोमा खुशी व्यक्त गर्दै यसका लागि सृजनशीलताको खाँचो रहेको अवस्थामा उदपुरले उदाहरण्ीय काम गरेर अन्य जिल्लामा पनि लागु गर्न परिपत्र गर्ने तयारी भैरहेको बताउँदै महानिरीक्षक कुवँरले यसको प्रभाव प्रहरी संगठनमा परेको छ यो अनुकरणीय काम अब सबै जिल्लामा लागु हुने बताए ।

प्रहरी संगठनभित्र १० प्रतिशत असल नेतृत्व रहेको र संगठनलाई वद्नाम गराउने प्रवृति अझै हावी रहेको हुँदा त्यो प्रवृतिलाई नफालेसम्म प्रहरी संगठनको छवि बिग्रिरहने भएकोले संगठनभित्रका सबैले इमान र विश्वासकासाथ काम गर्नु आवश्यक भएको छ नागरिकलाई विश्वासमा एिर हिड्न सके संगठन बलियो भएर जाने बताए ।

सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले स्वागत मन्तव्य दिएका थिए भने कोशी प्रदेशका प्रहरी प्रमुख चन्द्र कुवेर खापुङ, त्रियुगा नगरपालिकाकी उप प्रमुख महेश्वरीराई , प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, नेकपा एमालेका अध्यक्ष भागवत राउत, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, त्रियुगा जनता बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. कैलाश कुमार राईले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा ८० वर्ष नाघेका पूर्व प्रहरी कर्मचारीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने आफ्नो काममा कर्तव्यनिष्ठ भएर इमानदारी पुर्वक काम गर्ने प्रहरी कर्मचारीहरुलाई प्रशंसा पत्र र मन्दिर निर्माण, अमर प्रहरी स्मारक तथा पुस्तकालय निर्माणमा सहयोग गर्नेहरुलाई प्रहरी महानिरीक्षक कुवँरले कदर पत्र प्रदान गर्नु भएको थियो ।