संसदलाई जीवन्त र गतिशील बनाउनुपर्छ : पूर्वसभामुख सापकोटा



धादिङ ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि प्रसाद सापकोटाले सम्सदलाई जीवन्त, गतिशील र जनमुखी बनाउनु पर्ने बताएका  छन्  ।
प्रेस सेन्टर नेपाल धादिङलले धादिङबेसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्व सभामुख सापकोटाले संसदलाई  सहमतिपूर्वक सुचारु गर्नका लागि राष्ट्रिय सहमति कार्यमा गरेर सञ्चालन गर्नु पर्ने बताए ।

राष्ट्रिय सहमतिमा जति ढिला गर्‍यो देशको अस्तित्वमाथि  प्रश्न चिन्ह खडा हुने पूर्व सभामुख सापकोटाले बताउँदै सहमति सहकार्य र समन्वय गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

नेकपा माओवादी केन्द्र धादिङको बैठकका लागि धादिङबेसी आइपुगेका सापकोटाले सरकारले काम गर्दा जनताको जिवनस्तर उकास्ने खालका कार्यक्रम आउन नसकेकोले आगामी दिनमा राष्ट्रको आवश्यकता बमोजिमको निरन्तरतामा क्रमभंग गर्नुपर्ने बताए ।

अहिलेको संसदले जनतालाई आशावादी बनाउन नसकेको अराजकता र र उकुसमुकुसको अवस्थामा देश पुगेकोले साझा राष्ट्रिय दृष्टिकोण बनाउनु पर्नेमा पार्टी उपाध्यक्ष तथा पूर्व सभामुख सापकोटाले बताए।

पत्रकारहरुको प्रश्नको जवाफ दिँदै सापकोटाले आगामी बजेटले कृषि क्षेत्रलाई सर्वाधिक महत्व दिएर नवप्रवद्र्धनमा जोड दिने खालको नीति र बजेट ल्याउनु पर्ने विचार व्यक्त गरे ।

समाजवाद अर्थात् सबैका लागि समृद्धि हुने नीति कार्यक्रम र बजेट सरकारले ल्याएर देशलाई विकासको बाटोमा अघि बढाउने बताए ।
पत्रकार भेटघाट कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज  पुष्पविक्रम मल्ल, जिल्ला अध्यक्ष मनराज भण्डारी लगायतका नेताहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्