आज २०८१ साल वैशाख २९ गते शनिबार, यस्तो छ तपाईंको राशिफल



मेष : सोचेर बोल्नु राम्रो हुनेछ । बोल्न नजान्दा शब्द जालमा पर्ने जोखिम रहेको छ । धन आर्जन गर्ने क्षेत्र धेरै छन् । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृष : साथीसँग व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ । संकटमा साथीको सहयोग प्राप्त नहुने देखिन्छ । खर्च बढी हुनेछ । परिवारमा संयुक्त रुपमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षामा जाँगर बढ्नेछ । स्वास्थ्यमा देखिएको समस्यामा सुधार देखिने छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : समय राम्रो छ । आज मिठो भोजन मिल्ने छ । सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ । गुम्न लागेको धन हात लाग्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । कुनै परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ ।

कर्कट : साथीले नै बदला लिने जोखिम देखिन्छ । यात्रा गर्नु परेमा पश्चिम जनानु राम्रो हुनेछ । सबै संकट समाधानका लागि शनिबार वर र पिपलको दर्शन गर्दा राम्रो हुनेछ । काम गर्नु अगाडि एक पटक सोच्नु राम्रो हुनेछ ।

सिंह : समय राम्रो छ । दिन रमाइलोसँग बित्नेछ । पूर्व योजना अनुसार काम बन्ने देखिन्छ । शिक्षा र स्वास्थ्यको लगानीबाट सफलता प्राप्त हुनेछ । परिवारको सुझावमा गरेको काम सफल बन्नेछ । सामाजिक र राजनीतिक क्षेत्रमा मान र सम्मान बढ्ने योग रहेको छ ।

कन्या : कृषि क्षेत्रमा गरेको लगानीले उत्साहित बनाउने छ । शिक्षा क्षेत्रमा उन्नति हुनेछ । विदेशमा लगानी गरेको भए राम्रो आम्दानी हुनेछ । खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्ने देखिन्छ । पारिवारिक क्षेत्रमा भने सफलता मिल्नेछ ।

तुला : सरस्वतीले तपाईंलाई माया गर्ने दिन छ । पठनपाठनमा मन जानेछ । परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ । धेरै साथीले प्रशंसा गर्नेछन् । परिवारलाई समय दिन नसक्दा सम्बन्धमा खटपटी हुनसक्छ।

वृश्चिक: मनमा झन्झट बढ्ने छ । शनिदेवलाई खुशी पार्न सकेमा धेरै काम बन्नेछन् । अढैया शनि चलिरहेकाले वर र पिपलमा पानी चढाएर त्यसलाई कटाउन सकिन्छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । विदेशका लागि गरेको प्रयास सफल बन्नेछ ।

धनु : कृषि क्षेत्रमा सफलता मिल्नेछ । पशुपालनमा फाइदा हुनेछ । कृषि कर्मले नाम र दाम दुवै प्राप्त हुनेछ । परिवारमा सुख र शान्ति रहनेछ । लगानी भए शिक्षा र स्वास्थ्यमासमेत राम्रो नतिजा देखिनेछ ।

मकर : ग्रह धेरै राम्रा छैनन् । हनुमान वा शिवजीको दर्शन गरेर दशालाई कटाउन सकिन्छ । धार्मिक संगतले मनमा उत्साह बढ्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यवहार गर्दा धार्मिक संगतको प्रभाव देखिनेछ।

कुम्भ : शिक्षा क्षेत्रमा प्रगति हुनेछ । लगानीका क्षेत्रबाट फाइदा हुनेछ । धेरै क्षेत्र विवादित भएकाले सचेत हुनुपर्ने देखिन्छ। परिवारमा अविश्वास बढ्नेछ । लगानी गर्नुअघि सोचेर अगाडि बढ्नु राम्रो हुनेछ ।

मीन : अप्ठेरो ठाउँमा साथ नदिने साथी धेरै छन् । संगत गर्नु अगाडि सोचेर अगाडि बढ्नु राम्रो हुनेछ । स्वास्थ्यमा समस्या हुने देखिन्छ । मन कमजोर हुने देखिन्छ । गुरुको दर्शन गरेर धेरै संकटलाई हटाउन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्