![](https://newsofnepal.com/wp-content/uploads/2024/02/praliment-3.jpg)
काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ १ गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।
संघीय संसद सचिवालयले सूचना जारी गर्दै राष्ट्रपति पौडेलले जेठ १ गते मंगलबार संसदको संयुक्त बैठकमा अपराहन्न ३ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिएको छ ।