पतञ्जली योग समिति काभ्रेले घोषणा गर्‍यो ‘योगमय’ जिल्ला बनाउने घोषणा

1.03k
Shares

काभ्रे । 
 पतञ्जली योग समिति काभ्रेको २० औ बार्षिकोत्सव तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । पतञ्जली योग समिति काभ्रेले हरेक दुई वर्षमा नेतृत्व परिवर्तन गर्दै आएको छ ।
पुर्व मन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पतञ्जली योग समिति काभ्रे र महिला पतञ्जली योग समितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । काभ्रेपलाञ्चोक जिल्लालाई २०८३ साल भित्र योगमय जिल्ला घोषणा गर्ने उद्घोष गरिएको छ । सबै पालिकामा योग साधना केन्द्र स्थापना गरी नागरिकहरुलाई योगमा समावेश गर्दै स्वस्थ जीवन विताउन र अनुशासित समाज निर्माणका लागि योग महत्वपूर्ण मानिदै आएको छ ।
पतञ्जली योग समिति काभ्रेमा प्रकाश कायस्थको अधयक्षतामा नयाँ समिति चयन गरिएको छ । समितिको उपाध्यक्ष मोहनकृष्ण श्रेष्ठ, महामन्त्री श्यामकुमार श्रेष्ठ, कोषाध्यक्ष सुन्दरप्रसाद कारंजित, संगठन मन्त्री कान्छाकुमार श्रेष्ठ, मन्त्री माधब श्रेष्ठ रहेका छन् । त्यस्तै सदस्यहरुमा मिलनभक्त श्रेष्ठ, शम्भु बहादुर कडेंल, कृष्णप्रसाद नराल, लक्ष्मीनाराण श्रेष्ठ, विष्णुप्रसाद नराल, बोधनाथ बजगाई, राजेन्द्र सापकोटा, शारदा प्रसाद शर्मा धिताल र आनन्द सापकोटा चयन भएका छन् ।
त्यसैगरी ईन्दिरा तौजलेको अध्यक्षतामा महिला पतञ्जली योग समितिमा नयाँ समिति चयन भएको छ । समितिको उपाध्यक्ष कमला राजभण्डारी, महामन्त्री लक्ष्मीदास उलक, संगठन मन्त्री पुण्य श्रेष्ठ, मन्त्री भवानी गुरुङ्ग, कोषाध्यक्ष पुण्यश्वरी बैदार रहेका छन् । सदस्यहरुमा निर्मला कायश्थ, जानकी कारञ्जित, मन्दिरा धुँजु, शान्ति ताम्राकार, कमला श्रेष्ठ, सरिता केसी, विद्या कारञ्जित, शोभा प्रिया कायस्थ, बबिता तिमल्सिना र शोभा नापित रहेका छन् ।
निर्वाचित अध्यक्षहरु प्रकाश कायश्थ र इन्दिरा तौजलेले आगामी कार्यक्रमहरुका बारेमा प्रतिवद्धता ब्यक्त गरेका थिए । वार्षिकोत्सब तथा पदस्थापन कार्यक्रम उद्घाटन पुर्व संचार तथा सूचना प्रविधी मन्त्री तथा प्रतिनिधी सभा सासंद गोकुलप्रसाद बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रमुख अतिथी बास्कोटाले मानव जीवनमा योग अपरिहार्य रहेको बताए । योग हरेक ब्यक्तिहरुमा अपरिहार्य रहेको र ब्यक्तिको सफल जीवनका लागी योग आवश्यक रहेको उनले बताए ।
जीवन सुधार्नका लागी योग, साधना र ध्यान आवश्यक भएकाले योगले मानिसलाई स्वस्थ र अनुशासित बनाउने बास्कोटाले बताए । परिर्वतित समय अनुसार प्रत्येक मानिसलाई योग आबश्यक रहेकाले योग ध्यान गर्न जरुरी रहेको बास्कोटाको भनाई थियो । कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, उप प्रमुख विमला सापकोटा, नेपाल उद्योग वाणिज्य सघंका उपाध्यक्ष सुरकृष्ण बैध, पतञ्जली योग समिति वागमती प्रदेश अध्यक्ष ग्रुवेन तौजले, पतञ्जली योग समितिका केन्द्रिय सदस्य उद्धव तिमल्सिना लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।
बागमती प्रदेश समितिका अध्यक्ष तथा काभ्रेका पुर्व अध्यक्ष योग गुरु ग्रोवेन तौजलले बागमती प्रदेशका सबै जिल्लामा योग साधकहरु बढ्दै गएको बताए । बनेपामा १६ वटा योग साधना केन्द्र, धुलिखेलमा ८, पनौतीमा ७ पाचँखालमा ३, नमोबुद्धमा २, मण्डनदेउपुरमा २ र भुम्लुमा एउटा योग साधना केन्द्रबाट योग जागरण र सामाजिक कार्यको शुरुवात गरिएको अध्यक्ष हरिशरण श्रेष्ठले बताए । कार्यक्रममा विभिन्न सघं सस्था र योगमा निरन्तर सहयोग गर्ने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
समितिले प्रकाशन गरेको काभ्रे योग स्मारिकाको प्रमुख अतिथी बास्कोटाले विमोचन गरेका थिए । कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष हरिशरण श्रेष्ठले गरेका थिए भने सञ्चालन महामन्त्री मोहनकृष्ण श्रेष्ठ र महिला महामन्त्री कमला राजभण्डारीले गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य युवा नेपाल काभ्रेका अध्यक्ष रमेश श्रेष्ठले राखेका थिए ।
महिला पतञ्जली समितिका अध्यक्ष अनु श्रेष्ठले बार्षिक कृयाकलापकका बारेमा जानकारी गराएकी थिईन् भने पतञ्जली योग समितिका अध्यक्ष हरिशरण श्रेष्ठले योग मार्फत समुदायमा भएका कृयाकलापका बारेमा जानकारी गराए । कार्यक्रममा समितिको वार्षिक प्रतिवेदन महिला महामन्त्री कमला राजभण्डारीले प्रस्तुत गरेकी थिईन् भने आर्थिक प्रतिबेदन कोषाध्यक्ष कान्छाकुमार श्रेष्ठले प्रस्तुत गरेका थिए ।
२०६१ सालमा ७ जना योग साधकहरुबाट शुरु गरिएको योग अभ्यास हाल जिल्लाको ३५ वटा योग साधना केन्द्रबाट हजारौ जनाले योग अभ्यास गराउदै आएका छन् । ६ वटा नगरपालिकाका साथै भुम्लु गाउँपालिका लगायतमा योग साधना केन्द्र स्थापना भई सकेकाले २०८३ साल भित्र जिल्लाका १३ वटै पालिकाका १ सय ३५ वडामा नै योग साधना केन्द्र स्थापना गरी काभ्रेपलाञ्चोक जिल्लालाई योगमय जिल्ला घोषणा गर्ने बताईएको छ । २०७९ सालमा धुलिखेलका सबै वडामा, २०८० सालमा बनेपाका सबै वडामा योग शिविर संचालन गरेको पतञ्जली योग समितिको आफ्नै भवन २०७८ साल माघ ५ गते उद्घाटन गरिएको थियो ।