एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ : अध्यक्ष ओली

1.4k
Shares

नवलपरासी ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रुपमा रुपान्तरण गर्नुपर्ने आजको आवश्यकता भएको बताउनुभएको छ ।

एमाले पश्चिम नवलपरासीको नवाैं जिल्ला अधिवेशनको आज उद्घाटन सत्रमा उहाँले एमालेलाई राष्ट्रिय एवम् निर्णायक शक्तिको रुपमा स्थापित गराउन आवश्यक छ भन्नुभयो । उहाँले भन्नुभयो “मिसन ८४ मार्फत् पार्टीलाई निर्णायक शक्तिमा पुर्याइने छ । यसका लागि पार्टीलाई बलियो बनाउनुपर्छ । ”

यसैबीच अध्यक्ष ओलीले आज पश्चिम नवलपरासीको सुस्ता जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको अवलोकन गर्नुभएको छ । सो क्रममा अध्यक्ष ओलीले त्रिवेणीस्थित गजेन्द्रमोक्ष धामसमेतको अवलोकन गर्नुभएको हो । अध्यक्ष ओलीले आज नै सुस्ता क्षेत्रसमेतको निरीक्षण गर्नुभएको थियो । सो अवसरमा उहाँले सीमा रक्षाको आवाज उठाउँदा आफू तत्कालीन शासकबाट जेलसमेत परेको स्मरण गर्नुभयो ।

“तत्कालीन शासकले सीमा रक्षा, स्वाधिनताको रक्षा गर्नुपर्छ भनेर आवाज उठाउँदा अनाहकमा मलाई जेल हाल्यो । तर हामिले अहिलेसम्म पनि यो आवाज उठाउँदै आईरहका छौ,” उहाँले भन्नुभयो । अध्यक्ष ओलीले रामग्राम स्तुपाको निरीक्षणसमेत गर्नुभयो ।