अर्कैको नामबाट कम्पनी खोलेर करिब ३ करोड ठगी

9.78k
Shares

काठमाडौँ।

अर्कैको नामबाट कम्पनी खोलेर करिब तीन करोड ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ घर भई काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-७ बिष्टगाउँ बस्ने ३५ वर्षीय राजन श्रेष्ठ र झापाको गौरादह नगरपालिका-१ घर भइ ललितपुरको भैसेपाटी बस्ने ४६ वर्षीय ईश्वरी पाण्डे छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले श्रेष्ठलाई पेप्सीकोलाबाट र पाण्डेलाई अनामनगरबाट पक्राउ गरेको हो ।

उनीहरुले  नारायणबहादुर राई र पर्वराज पाण्डेको नागरिकता भेट्टाएपछि त्यसमार्फत ‘नियोनी एजुकेशन’ नामको कन्सल्टेन्सी नामको कन्सल्टेन्सी संचालन गरेर २१९ जनाबाट २ करोड ७८ लाख रुपैयाँ ठगी गरेको खुलेको प्रहरीले बताएको छ।

नागरिकता धनी पठाओ चालक रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले आफ्नो नागरिकता १५/१६ वर्ष अगाडि नै हराएको भनेर प्रहरीसमक्ष बयान दिएका छन् ।