रुपन्देहीको तिलोत्तमामा ८५ सदस्यीय टास्क फोर्स गठन



बुटवल । 

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रको विपद्ध व्यवस्थापनको लागि नविन सोच र संकल्प अघि सारेको छ । नगरपालिकाले आर्थिक वर्ष २०८०। ८१ को नीति कार्यक्रमको बुद्धा नम्बर १२१ मा विपद्ध व्यवस्थापनका लागि हरेक वडा वाट ५ ,५ जनाको हिसावले १७ वडावाट ८५ जना नियुक्त गरि उनिहरुलाई विपद्ध व्यवस्थापन सम्बन्धी ३ दिने आधारभूत तालिम प्रदान गरि विपद्ध व्यवस्थापन टास्क फोर्सका रुपमा नगरपालिकाले परिचालन गरेको छ । यो तालिममा नगर प्रहरी र अग्नी नियन्त्रकको पनि सहभागिता रहेको थियो ।

अब तिलोत्तमा नगरपालिका भित्र र अन्य स्थानमा हुने विपद्धका घटनाहरुमा यो टास्क फोर्सलाई परिचालन गरिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले बताउनु हुन्छ । यसका साथै समुदायमा विपद्ध नै आउन नदिन पूर्व सावधानीका उपाय अवलम्बन गर्ने विपद्ध आई परेमा पनि बढी क्षती हुन नदिन विपद्ध उत्थानशिल संरचना निर्माण गर्न, विपद्धको समयमा खोज र उद्धारका कार्यक्रम संचालन गर्न यो टास्क फोर्स प्रभावकारी हुने विश्वास नगरपालिकाले लिएको नगर प्रमुख रामकृष्ण खांणले बताउनु हुन्छ ।

टास्क फोर्सको व्यक्तिगत विवरण सहित डाईरेक्टी प्रकाशन गरेर नगरपालिकाका सबै वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पठाउने तयारी पनि नगरपालिकाले गरेको छ ।

अब नगर क्षेत्रमा हुने विपद्ध सम्बन्धी घटनामा यीनै टास्क फोर्सलाई परिचालन गरिने छ । मुलुक भरी वन डढेलोवाट भैरहेका क्षतीले पारेको आक्रान्तले चिन्ता बढाईरहेको समयमा तिलोत्तमाले विपद्ध व्यवस्थापनका लागि भन्दै टास्क फोर्स निर्माण गरेकाले नगरपालिकाको यो कार्य प्रसंसनिय रहेको छ ।

तीनै टास्क फोर्सलाई काठमाडौ महानगरपालिकाका नगरप्रहरी उपरिक्षक धनपति सापकोटा, काठमाडौ महानगरपालिकाका नगरप्रहरी नायव निरिक्षक नरेश कुंवर डां नारायण थापा , रुपन्देहीका सशस्त्र प्रहरी प्रमुखले तीन दिन सम्म विपद्ध व्यवस्थापन सम्बन्धी तालिम प्रदान गर्नु भएको थियो । तालिम प्रदान गदै यसरी आगलागीका घटनामा सुरक्षित गर्ने उपाय सिकाउनु भएको छ ।

काठमाडौ महानगरपालिकाका नगरप्रहरी नायव निरिक्षक नरेश कुंवरले सहभागिहरुलाई हरेक प्रकारका आगोलागीलाई नियन्त्रण गर्ने तरिका सिकाउनु भयो । उहाँले वन जंगलमा आगोलगेको अवस्थामा नियन्त्रणका लागि आगोको अबस्था, सचेतना, कम्यूकेशन, निकासी मार्ग सुरक्षित वासस्थानलाई प्राथमिकतामा राखेर काम शुरु गर्नु पर्ने धारणा राख्नु भयो कार्यक्रममा तिलोत्तमा नगरपालिकाका वातावरण शाखाका प्रमुख युवराज पन्थी र सहायक गोरखनाथ खनालले नगरपालिकाले विपद्ध व्यवस्थापनका लागि प्रदान गरेको आधारभूत तालिम र नगरपालिकाको विपद्ध व्यवस्थापनको योजनाका वारेमा प्रकाश पार्नु भयो ।

नगरपालिका वन वातावरण तथा विपद्ध व्यवस्थापनका क्षेत्रमा देश भरीमै अनुकरणीय कार्य गर्ने नगरपालिका हो । नगरपालिका एमसिआर २०३० मा समेत संलग्न भई विपद्ध उत्थानशिल संरचना निर्माणमा सहभागिता हुँदै आएको छ । त्यस्तै तिलोत्तमा सिटी नेटको कलाईमेट चेन्जको कलस्टरमा समेत सहभागिता भै विभिन्न कार्य गदै आएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्