चितवनको नारायणी नदिमा सशस्त्र प्रहरीको सेमुलेशन अभ्यास  


काठमाडाैं  । 
सशस्त्र प्रहरी बल नेपाल ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरको आयोजनामा चितवन जिल्लाको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदिमा बैशाख १३ गते सेमुलेशन अभ्यास सम्पन्न भएको छ ।
भरतपुर महानगरपालिकाको प्रमुख रेनु दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको सेमुलेशन अभ्यास कार्यक्रममा उपमेयर चित्रसेन अधिकारी, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगर लगायत सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकृत, जिल्ला सुरक्षा समितका पदाधिकारी, विभिन्न संघसंस्थाका पदाधिकारीरु र स्थानीय भद्रभलाद्मीहरुको समेत उपस्थिती रहेको थियो ।
कार्यक्रममा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, १७ गण चितवन, १४ गण मकवानपुर र आश्रित गुल्म धादिङ्गबाट खटिएको गोताखोरसहितको टोलीले मोटर बोट, राफ्ट बोट, लाइफ बोया, थ्रो ब्याग जस्ता विपद् सामाग्रीको प्रयोग गरी नदिमा बगिरहेका व्यक्तिहरुको उद्धार तथा नारायणी पुलबाट स्लेदरिङ्ग विधिको प्रयोग गरी उद्धारकर्ताहरु झरेर कसरी नदिमा बगेका व्यक्तिहरुको उद्धार गरिन्छ भन्ने अभ्यासहरु समेत देखाएका थिए ।
यसैगरी नेपाल रेडक्रस सोसाईटी चितवनको सहभागितामा मौसमजन्य विपद् प्रकोपको प्रतिकार्य तथा वाटर रेस्क्यु सम्बन्धि कृतिम अभ्यास गर्नुकासाथै उद्धार गरिएका घाईतेहरुलाई मेडिकल रिस्पोन्डर र रेडक्रस सोसाईटीका प्रतिनिधिहरुको सहयोगमा सामूहिक हताहत वाहनद्धारा अस्पताल पठाउने उपायहरुको समेत डेमोस्ट्रेशन गरिएको थियो ।