आईपीएलमा राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो



काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा राजस्थानले मुम्बईलाई ९ विकेटले पराजित गरेको हो।

मुम्बईले दिएको १८० रनको लक्ष्य पछ्याएको राजस्थानले १८.४ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । राजस्थानको जितमा यशस्वी जैसवालले १०४ रनको शतकीय पारी खेलेका थिए भने कप्तान सन्जु सामसनले अविजित ३८ रन बनाएका थिए । यसअघि मुम्बईले टस जितेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १७९ रन बनाएको थियो।

मुम्बईका लागि तिलक बर्माले सर्वाधिक ६५ रन बनाएका थिए। त्यस्तै राजस्थानका बलर सन्दीप शर्माले ५ विकेट लिएका थिए । यो यस सिजनमा राजस्थानको सातौँ जित हो। ८ खेलमा ७ जित र एक हार बेहोरेको राजस्थानको १४ अङ्क रहेको छ र शीर्ष स्थानमा रहेको छ।

त्यसै गरी मुम्बईको भने यो यस सिजनमा पाँचौं हार हो । ८ खेलमा ३ खेल जितेको मुम्बईले योसहित पाँच खेल हारेको छ र ६ अङ्कसहित सातौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्