अश्लील गतिविधि सार्वजनिक गरिदिने भनी ब्ल्याक मेल गर्ने व्यक्ति पक्राउ

294
Shares

काठमाडौँ। 

अश्लील गतिविधि सार्वजनिक गरिदिने भनी ब्ल्याक मेल गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सिन्धुली तीनपाटन गाउँपालिका- ८ ठेगाना भई काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-८ बस्ने ३६ वर्षीय कमल प्रसाद अधिकारीलाई शनिवार प्रहरीले पक्राउ गरेको छ ।

पाथीभरा माता नाम गरेको फेक फेसबुक मार्फत रोजगारीका लागि फिजिकल फिटनेसको जाँच गर्नुपर्ने भन्दै माग गरेको नग्न फोटो तथा भिडियो सामाजिक संजालमा सार्वजनिक गरिदिने भनेर ब्ल्याक मेल गरी दु:ख हैरानी दिएको उजुरीको आधारमा साइबर ब्युरो भोटाहिटीबाट खटिएको प्रहरीले अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा उक्त कार्यमा अधिकारीको संलग्नता खुल्न आएपछि उनलाई काठमाडौँबाट पक्राउ गरेको हो ।

उनीउपर विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई  आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।