श्रीनगर एग्रिटेक र प्रदेश कृषि सहकारी संघ बागमतीबीच सम्झौता



काठमाडौँ।

श्रीनगर एग्रिटेक इण्डष्ट्रिज लि. रुपन्देही र प्रदेश कृषि सहकारी संघ लि. बाग्मतीबीच आइतबार साझेदारी कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । बाग्मती प्रदेशमा रहेका कृषि सहकारीमा आबद्ध शेयर सदस्यहरूलाई सेवा पु¥याउने उद्देश्यले सो सम्झौता भएको हो ।

त्यस्तै आजै अन्य ९ ओटा साना किसान कृषि सहकारी संस्थाबीच पनि साझेदारी कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । जसमा साना किसान कृषि सहकारी संस्था लि. सलाङ, भुमेस्थान, मुरलीभञ्ज्याङ, प्रतिबिम्ब, पारिजात, श्रीकृष्ण, पाथिभरा, दुईपिपल र चैनपुर रहेका छन् ।

सम्झौतामा ग्रामीण कृषि सहयात्री छनौट गर्ने, श्री साना किसान कृषि केन्द्र स्थापना गर्ने, कृषकका लागि तालिम सञ्चालन गर्ने, वित्तीय पहुँच तथा बजारीकरणमा मद्दत गर्ने जस्ता विषय रहेको  श्री रविलाल आचार्यले जानकारी गराए ।

BG l Fotography

  नेपाल कृषि केन्द्रीय सहकारी संघ लि. का अध्यक्ष खेम बहादुर पाठकको  प्रमुख अतिथि एंव बागमती प्रदेश कृषि सहकारी संघ लि. का अध्यक्ष दिल्ली प्रसाद पाठकको अध्यक्षतामा सम्पन्न  कार्यक्रम सम्पन्न कार्यक्रमको सञ्चालन भने  श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लि. का दिनेश श्रेत्रीले गरेका थिए ।

कार्यक्रममा श्रीनगर एग्रिटेकका प्रमुख सतीश चन्द श्रेष्ठ र प्रोजेक्ट म्यानेजर निर्णय भट्टको पनि उपस्थिति थियो ।

 कार्यक्रममा यसको उद्देश्य र यसले पार्ने प्रभावका साथै प्रदेश संघ र साना किसान कृषि सहकारी संस्था लि. को भूमिका बारेमा जानकारी गराइएको थियो  ।

श्रीनगर एग्रिटेक इण्डष्ट्रिज लि. विगत २२ वर्षदेखि कृषिक्षेत्र र किसानको एकीकृत सेवामा जुट्दै  आएको छ । श्रीनगरले किसानलाई आवश्यक कुखुराको चल्ला उपलब्ध गराउनुका साथै माछा र कुखुराको पोषणयुक्त दाना समेत आवश्यकता अनुसार उत्पादन गर्दै आएको छ । साथै कम्पनीले कृषिमा साझेदारी कार्यक्रम अनुसार श्री साना किसान कृषि केन्द्र मार्फत कृषकलाई पोषणयुक्त दाना, कृषि प्रविधि, प्राविधिक तालिम तथा अन्य सेवाहरु पनि प्रदान गर्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्