भन्सार छली ल्याएको सामानसहित कार नियन्त्रणमा



नवलपरासी  ।

पश्चिम नवलपरासी प्रहरीले भन्सार छलेर नेपाल भित्र्याइएको सामानसहितको कार, कार चालक र अर्का एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
सिमावर्ती ईलाका प्रहरी कार्यालय महेशपुरको टोलीले आइतबार राती पौने १० बजे पाल्हिनन्दन १ मा चेकजाँचका क्रममा भारतबाट भन्सार छलेर नेपाल तर्फ ल्याउँदै गरेको कफि मेसिनसहित कार नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी प्रनि सुदर्शन पन्थीका अनुसार बा १८ च ५०५३ नम्बरको कार र कारमा राखिएको करिब  ४ लाख मूल्य बराबरको डन्ले ग्रुप कफि मेसिन र कफि बिन ग्राईण्डर प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएको सामान सहितको कार, चालक पोखरा ३० सिसुवाका ३४ वर्षीय राजकुमार ताम्राकार,कारमा सवार साेही ठाउँका २९ वर्षीय सुदीप तिमल्सेना सहितलाई साेमबार महेशपुर भन्सार कार्यालयमा पठाएको जिप्रकाद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।
सो सम्बन्धमा प्रहरीद्वारा थप अनुसन्धान कार्य जारी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्