गोपीले लण्डनमा म्याराथन पुरा गरे



काठमाडौं ।

नेपाली धावक गोपीचन्द्र पार्कीले आइतबार लन्डन म्याराथन पूरा गरेका छन् । पार्कीले म्याराथन २ घन्टा २२ मिनेट ३१ सेकेन्डमा पूरा गरेका हुन्। विश्वका चर्चित म्याराथनमध्ये एक लन्डन म्याराथनमा उनको पहिलो सहभागिता समेत हो । गोपीले तीन वर्षअघि बर्लिन म्याराथनमा पनि प्रतिस्पर्धा गरेका थिए।

गोपीले गत वर्ष नवौं धारा नेपालगन्ज म्याराथनको उपाधि जित्दै लण्डन म्याराथनको यात्रा तय गरेका थिए। नेपालगन्ज म्याराथनले नेपाल रन युकेको सहकार्यमा गोपीको लण्डन सहभागिता निश्चित गरेको थियो। उनको लन्डन यात्राका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले हवाई टिकटको व्यवस्थापन गरेको थियो ।

धारा नेपालगन्ज म्याराथनको मुख्य प्रायोजक केएल दुगडले गोपीलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको थियो। लि निङले उनलाई ट्रयाक सुट, टिसर्ट, क्यापलगायतका पोशाक उपलब्ध गराएको थियो।

यस वर्षको लन्डन म्याराथनका विजेता केन्याका एलेक्सान्डर मुटिसो मुनयाओ बने। उनी २ घण्टा ४ मिनेट १ सेकेण्डमा दौड पुरा गर्दै विजेत ाबनेका हुन् । इथियोपियाका केनेनीसा बेकेले १४ सेकेण्डले पछि पर्दै दोस्रो स्थानमा रहे।

प्रतिक्रिया दिनुहोस्