सेनाको सफा हिमाल अभियान टोली सगरमाथा आधार शिविर पुग्यो

196
Shares

काठमाडौं ।

नेपाली सेनाको सफा हिमाल अभियान–२०२४ टोली सगरमाथा आधार शिविर पुगेको छ । सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाईका लागि २ वैशाखमा काठमाडौंबाट स्याङ्ग्बोचे प्रस्थान गरेको टोली आइतबार सगमरमाथा आधार शिविर पुगेको हो ।

हिमाल सफाई कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नाम्चेमा सगरमाथा राष्ट्रिय निकुन्ज, सगरमाथा प्रदुषण नियन्त्रण समिति, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय निकायलगायतसँग छलफल समेत गरेको थियो ।

सेनाको यो टोलीले नाम्चेदेखि सगरमाथा आधार शिविरसम्म जाने पदमार्गको फोहोर समेत संकलन गरेको जनसम्पर्क तगा सूचना निर्देशनालयले जनाएको छ ।

यस अभियानअन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पहरूबाट करिब १० टन फोहोर र ५ वटा मानव शव संकलन गर्ने लक्ष्य लिइएको छ।