गोरखा ।
गोरखाको सामागाउँमा रहेको वीरेन्द्र तालमा हिम पहिरो गएको छ। हिउँको ठुलो ढिस्को तालमा खसेपछि अनियन्त्रित भएर बाहिर निस्किएको पानीले सामागाउँ-साम्दो जोड्ने काठको पुल बगाएको चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए।
उनका अनुसार आज बिहान करिब साढे नौ बजेतिर हिम पहिरो गएको हो। पहिरो गएपछि ताल फुटेर बिहान बूढीगण्डकीमा पानीको बहाव उच्च भएको र अहिले बिस्तारै कम हुँदै गएको वडा नम्बर १ की वडा सदस्य दिजेन लामाले बताइन्। बाढीले गाउँमा भने खासै क्षति नपुर्याएको उनको भनाइ छ। घटनाबारे बुझ्न सामागाउँ चौकीबाट प्रहरी पनि त्यहाँ पुगेर फर्किएको उनले जनाकारी दिइन् ।
बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले पनि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। ‘बाढीले क्षति गर्ने सम्भावना हुन्छ। बाढी आउनु पूर्व नै सुरक्षित रहन अपील गर्दछौं’, गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने।











प्रतिक्रिया