म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

1.32k
Shares

काठमाडौं ।

म्यानचेस्टर सिटी एफए कपको फाइनलमा पुगेको छ। गए राति सम्पन्न एफए कपको सेमिफाइनलमा चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी फाइनलमा पुगेको हो।

म्यानचेस्टर सिटीको जितमा बेर्नार्डो सिल्भाले खेलको ८४औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। अब फाइनलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाईटेड र कोभेनट्री क्लबबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ।

दोस्रो सेमिफाइनल खेल आज राती हुँदै छ। एफए कपको फाइनल भने मे २५ मा हुने छ।