ऐसले फर्निचर शोरुम अब नेपालमा

140
Shares

काठमाडौं ।

विश्व प्रसिद्ध ऐसले फर्निचरले काठमाडौंको टेकुमा आफ्नो शोरुमको स्थापना गरी विक्री सुरु गरेको छ। ऐसले ब्रान्ड विश्वको सबैभन्दा ठुलो फर्निचर उत्पादक तथा विक्रेता मध्येको एक हो। गत १८ वर्ष देखि ऐसले अमेरिकाको सबैभन्दा विक्री हुने फर्निचर ब्रान्ड रहँदै आएको छ।

ऐसलेको विश्वभरि ६६ राष्ट्रहरूमा १,१०० भन्दा बढी होमस्टेहरू छन्। ऐसलेको आधिकारिक विक्रेताको रूपमा एसएन जोशी एण्ड सन्स कम्पनी रहेको छ।

टेकुस्थित ऐसलेको शोरुम ४,५०० स्क्वायर फिटमा फैलिएको छ भने ग्राहकहरूले विभिन्न आधुनिक रूपमा  लिभिङ्ग रुम, डाइनिङ्ग रुम, बेडरुमको साज सज्जा सहित चाहिने सर–सामानहरूको उपलब्धता रहने जनाइएको छ।

ऐसले फर्निचरले डिजाइनमा विविधता र अकल्पनीय उत्पादनहरू सहित नेपालमा नयाँ युगको सुरुवात गर्ने कम्पनीले जनाएको छ।