आईपीएलमा दिल्लीमाथि हैदरावादको शानदार जित

6.39k
Shares

काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादले शानदार जित हात पारेको छ। गए राति सम्पन्न खेलमा हैदरावादले दिल्ली क्यापिटल्सलाई ६७ रनले पराजित गरेको हो। हैदरावादले दिएको २६८ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले १९९  रन मात्र बनाउन सक्यो।

दिल्लीका लागि जेक फ्रेजर म्याकगुर्कले ६५ रन बनाए। कप्तान ऋषभ पन्त ४४, अभिषेक पोरेलले ४२ रन बनाउँदा ओपनर पृथ्वी शाले १६ रन जोडे। हैदरावादका लागि टि नटराजनले ४ विकेट हात पारे। मयंक मार्कण्डे र नितिश कुमार रेड्डीले २-२ विकेट लिए।

यसअघि अरुण जेटली स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाउँदै २६७ बनाएको थियो। हैदरावादका लागि ट्रेभिस हेडले ८९ रन बनाए। ३२ बल खेलेका उनले ११ चौका र ६ छक्का प्रहार गरे। अभिषेक शर्मा ४६, नितिशकुमार रेड्डी ३७, हेनरिक क्लासेन १५ र अब्दुल समद १३ रनमा आउट हुँदा शाहबाज अहमदले अविजित ५९ रन बनाए।

दिल्लीका कुलदीप यादवले ४ विकेट लिए। मुकेश कुमार र अक्षर पटेलले १-१ विकेट हात पारे। यो जितसँगै सात खेल खेलेको हैदरावाद १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा पुगेको छ। आठ खेल खेलिसकेको दिल्ली भने ६ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ।