स्वास्थ्य मन्त्रालयको फेक वय साइट बनाएर गलत सूचना प्रवाह

8.08k
Shares

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फके बय साइट बनाएर गलत सूचना प्रवाह भएकाे छ ।

केही दिनदेखि फेसबुक लगायत सामाजिक सञ्जालमा नेपाल सरकारको लोगो प्रयोग गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा विभिन्न उमेर समूहको लागि निःशुल्क स्वास्थ्य बिमा भनी भ्रामक विज्ञापन तथा सूचनाहरू प्रसारण गरेको मन्त्रालयले जानकारी दिएकाे हाे ।

उक्त साइटमा यस्ता सूचना र विज्ञापनमा कुनै सत्यता नभएकाले क्लिक नगर्न मन्त्रालयले जानकारी दिएको छ । साथै यस्ता गलत तथा भ्रामक सूचना र विज्ञापन प्रसारण गर्नेहरूलाई विद्यमान कानुन अनुसार सम्बन्धित निकाय मार्फत नियमानुसार कारबाही प्रक्रिया समेत अघि बढाएको जानकारी गराएको छ ।