प्रिमियर कपमा तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै



काठमाडौं।

 एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल आज हुदैँछ ।

 तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित भएका नेपाल र हङकङ आज खेल्ने भएका छन् ।

 ओमानस्थित ओमान क्रिकेट एकेडेमीमा यो खेल नेपाली समय अनुसार अपराहन्न ४: १५ बजेदेखि शुरु हुने छ ।

 शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि तेस्रो स्थानको लागि नेपालसँग खेल्ने भएको हो । यस अघि शुक्रबार नै सम्पन्न पहिलो सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजति भएको थियो ।

 तेस्रो स्थानको विजेताले फाइनलमा पुगेका दुई देशसहित आगामी इमर्जीङ टिम्स एशिया कप खेल्न पाउने छ ।

 त्यस्तै एसीसी प्रिमियरको कपको फाइनलमा भने आयोजक ओमान र यूएई आइतबार खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्