बुटवलमा मनाइयो विजय उत्सव, जितगढी किल्लालाई पर्यटक आगमनसंग जोडन प्रदेश प्रमुख शेरचनको सुझाव

308
Shares

बुटवल । 

नेपाल–अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल गरेको जितगढी किल्ला बुटवलमा विजय उत्सव मनाइएको छ। विक्रम सम्बत् १८७१÷७२ मा विश्व विजयको अभियान लिएर हिँडेको आधुनिक हतियारसहितको अंग्रेज फौजलाई युद्द कला र कौशलसँगै परम्परागत हतियारमा रहेको नेपाली फौजले वि.सं. १८७२ वैशाख ७ गते पराजित गरेको थियो ।त्यही खुशीयालीको अवसरमा बुटवल उपमहानगरपालिकाले हरेक वर्ष जितगढी विजय उत्सव मनाउँदै आएको छ ।

बुटवल उपमहानगरपालिका परिसरबाट बाजागाजासहित निस्किएको झाँकी ¥याली पुल्चोक गणेशमन्दिर हुँदै जितगढी किल्लामा पुगेको थियो। गणेश मन्दिर परिसरमा गोरखाबाट पैदल यात्रा गरी आएको नेपाली सेनाको टोलीलाई स्वागत गरिएको थियो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले जितगढी किल्लालाई अन्तरराष्ट्रिय स्तरमा प्रचार गर्न र पर्यटक आगमनमा जोड दिन आवश्यक रहेको बताउनु भयो । उहाँले बुटवलमा रहेको जितगढी किल्ला यस क्षेत्रकै महत्वपूर्ण सम्पत्तिका रुपमा रहेको र यसको संरक्षण र प्रवद्र्ध्नमा संघीय सरकारले समेत विशेष चासो दिनुपर्ने बताउनु भयो।

कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको जितगढी किल्लालाई महत्वपूर्ण सम्पदाका रुपमा प्रवद्र्ध्न गरिरहेको बताउँदै नेपाल अंग्रेज युद्धका नायक उजिरसिंह थापालाई राष्ट्रिय विभुति घोषणा गर्न संघ सरकारसँग माग गर्नु भयो । उहाँले किल्लाको संरक्षणका साथसाथै पर्यटकीय स्थलका रुपमा स्थापित गर्न नगरले भरपूर प्रयास गरिरहेको बताउनु भयो ।कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको सम्पत्तिका रुपमा रहेको जितगढी किल्लाको संरक्षण र प्रवद्र्धनमा सबैको साथ जरुरी रहेको बताउनु भयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल लगायतले बोल्दै बुटवलमा रहेको जितगढीको प्रवद्र्धन र प्रचारप्रसारमा तीब्रता आएको र यसलाई निरन्तरता दिनुपर्ने बताउनु भयो । विक्रम सम्बत् १८७१/७२ मा विश्व विजयको अभियान लिएर हिँडेको आधुनिक हतियारसहितको अंग्रेज फौजलाई युद्द कला र कौशलसँगै परम्परागत हतियारमा रहेको नेपाली फौजले वि.सं. १८७२ वैशाख ७ गते पराजित गरेको थियो । सोही खुशीयालीमा बुटवल उपमहानगरपालिकाले हरेक वर्ष वैशाख ७ गते विजय उत्सव मनाउँदै आएको छ।