सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ

238
Shares

धनगढी ।

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा गोपनीयताको शपथ लिएका छन्। सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोडारीलाई बिहीबार साँझ पद तथा गोपनीयताको शपथ गराएका हुन्।

मियाँले धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री सोडारीलाई नेपालको संविधानको धारा, १७२ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन्। विसं २०७९ को निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट कैलाली निर्वाचन क्षेत्र ४ को प्रदेशसभा ‘क’ प्रदेशसभा सदस्यमा निर्वाचित सोडारी प्रदेशसभामा सो पार्टीको संसदीय दलका नेता छन्।

सोडारी नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य र स्वतन्त्र सदस्य डा तारा जोशी समेतको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।