आईपीएलमा आज मुम्बई र पञ्जाव भिड्दै

3.01k
Shares

काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै छ। आजको खेलमा पञ्जाव किंग्स र मुम्बई इन्डियन्सबीच भिडन्त हुने छ। पञ्जावको घरेलु मैदान मुल्लानपुरमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि सुरु हुने छ।

जारी आईपीएलमा पञ्जाव र मुम्बईको अहिलेसम्मको प्रदर्शन सन्तोषजनक हुन सकेको छैन। दुवैले अहिलेसम्म खेलेका ६-६ खेलमा २-२ खेल जितेका छन् भने ४-४ खेलमा हार बेहोरेका छन्।

पञ्जावको कप्तानी गरिरहेका शिखर धवनले चोटका कारण पछिल्लो खेल खेलेका थिएनन्। उनको अनुपस्थितिमा साम कुरानले पञ्जावको कप्तानी गरेका थिए।  यस सिजनमा मुम्बईको कमान भने हार्दिक पाण्डेयले सम्हालिरहेका छन्।