मनिताले एसियन जुडो च्याम्पियनसिप खेल्ने

154
Shares

काठमाडौं ।

नेपालकी मनिता श्रेष्ठ प्रधानले एसियन जुडो च्याम्पियनसिपमा सहभागिता जनाउने भएकी छन्। एसियन जुडो च्याम्पियन्सीपमा आगामी वैशाख ८ देखि ११ गतेसम्म हङकङमा हुँदैछ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ तथा नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले सो प्रतियोगितामा खेल्ने जुडो टिमलाई बुधबार शुभकामनासहित विदाइ गरे।

अहिले नेपाल ओलम्पिक कमिटीअन्तर्गतको ओलम्पिक छात्रवृत्तिमा रहेकी मनितासँगै प्रशिक्षक देबु थापा र खेल निर्देशक सुप्रसिद्ध ताम्राकार पनि हङकङ जाने टोलीमा छन्।