आईपीएलमा दिल्लीकाे तेस्रो जित

3.29k
Shares

काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा दिल्लीले गुजरातलाई ६ विकेटले पराजित गरेको हो। गुजरातले दिएको ९० रनको लक्ष्य पछाएको दिल्लीले ८.५ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो। दिल्लीकाे यो तेस्रो जित हाे।

यस अघि गुजरातले १७.३ ओभरमा अल आउट हुँदै केवल ८९ रन बनाएको थियो। यो यस सिजनको आईपीएलमा कुनै पनि टिमले बनाएको सबैभन्दा कम रन हो। यो जितपछि दिल्ली अङ्क तालिकामा छैटौँ स्थानमा उक्लिएको छ।

दिल्लीको ७ खेलमा ३ जित र ४ हारसहित ६ अङ्क रहेको छ। त्यसै गरी ७ खेलमा ३ जित र ४ हारसहित ६ अङ्क जोडेको गुजरात अङ्क तालिकामा सातौं स्थानमा रहेको छ।