आफ्नै काकाको हत्या गर्ने एक जना पक्राउ


नवलपरासी पश्चिम ।

आफ्नै काका नाता पर्ने ५० वर्षीय तिलकधरी चमार (हरिजन)को कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुस्ता गाउँपालिका-३ मर्चहवा बस्ने २१ वर्षीय सन्तराम चमार रहेका छन् ।

सन्तरामले गत चैत २८ गते बादबिवाद भई कुटपिट गर्दा घाइते भएका तिलकधरीलाई स्थानिय मेडिकलमा उपचार गराई घरमै बसिरहेको अवस्थामा उनको आइतबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुडियाबाट खटिएको प्रहरीले सन्तरामलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।