मल बोकेको ट्रक दुर्घटना, १ जनाको मृत्यु, ८ घाइते

2.5k
Shares

धादिङ । 

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ पिमलखाेला नजिक घट्टेखाेलामा मल बोकेको आईचर ट्रक आइतबार बिहान दुर्घटना हुँदा  ८ जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ । घरबाट मल उठाएर खेतमा लान लागेको बा ३ ख ८९४७ नम्बरको आईचार ट्रक साँघुराे कच्ची घुम्ती सडकबाट १५० मिटर तल पिमलखाेलामा पुगेकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक महेन्द्र कुमार मिश्रले जानकारी दिए ।

स्थानीय चाउरे भन्ने टीका रमतेलकाे घरकाे मल बोकेर खेतमा लानेक्रममा ओरालाे बाटाेमा ब्रेक फेल भएर दुर्घटना भएको स्थानीयबासीले बताएका छन् । दुर्घटनामा चाउरे रमतेल, श्रीमती हिरा रमतेलसहित एकै परिवारका ५ जना घाइते भएका छन् ।

गाडी ब्रेक फेल भएपछि स्टेरिङ समेत माेड्न नसक्दा सिधै खाेलामा खसेकाे थियाे ।

मृत्यु हुनेमा  नीलकण्ठ नगरपालिका वडा नम्बर ५ पतेनि निवासी १० वर्षीय सन्ताेष रहेका छन् ।

दुर्घटनापछि स्थानीय बासी, नेपाल प्रहरी, स्वयंसेवकले उद्धार गरी  धादिङ अस्पतालमा उपचारका लागि पठाइएको उद्धारमा संलग्न रेडक्रसकर्मी नेमबहादुर श्रेष्ठले बताए ।

घाइतेहरुकाे धादिङ अस्पतालमा सामान्य उपचार पछि हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टर लाने तयारी गरिएको छ ।