धादिङमा ट्रक दुर्घटना हुँदा १ को मृत्यु, ९ घाइते


धादिङ।

धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् ।

धादिङको निलकण्ठ नगरपालिका ५ खान्टेको पतेनीबाट पतेनी बेसीतर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको ट्रक पिमलखोला नजिकै पालपाली टोलमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका ९ जनाको उद्धार गरेर अस्पताल लगिएको छ। दुर्घटनाको थप विरण आउन बाँकी छ।