इजरायलमा इरानको ड्रोन हमला

616
Shares

काठमाडौं ।

इरानको सेनाले इजरायलमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेको छ। सेनाले शनिबार राति यस आक्रमणको जानकारी दिएको हो। मिडिया रिपोर्टका अनुसार अमेरिकी सेनाले केही इरानी ड्रोन खसालेको इजरायली सेनाले बताएको छ।

इजरायली च्यानल १२ ले इरानले ड्रोन आक्रमण गरेको जनाएको छ। इरानले प्रहार गरेका केही ड्रोनहरू सिरिया र जोर्डनमा खसालिएको बताइएको छ।यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनी गुट्रेसले इरानले इजरायलमाथि गरेको आक्रमणको कडा निन्दा गरेका छन्।