भारत र बंगलादेशबीच ५० वर्षपछि जमिन आदानप्रदान

560
Shares

काठमाडौं ।

भारत र बंगलादेशबीच ५० वर्षपछि जमिन आदानप्रदान भएको छ । बंगलादेशका जनताले यसलाई ईद उपहार भनेका छन् । भारतले सीमावर्ती ठाकुरगाउँको रानीशंकोई उपजिल्लाको ५६८६ एकड जमिन बंगलादेशलाई हस्तान्तरण गरेको छ । जवाफमा भारतले पनि बंगलादेशबाट १४।६८ एकड जमिन अधिग्रहण गरेको छ ।

भारतीय पक्षबाट बीएसएफ ९सीमा सुरक्षा बल० र बंगलादेश पक्षबाट बीजीबी (बोर्डर गार्ड बंगलादेश)बीच झण्डा बैठकमा भूमि आदानप्रदान भएको थियो । भारत र बंगलादेशबीच सन् १९७४ मा जग्गा आदानप्रदानको सम्झौता भए पनि रानीशंकोईका विषयमा कुनै कारबाही भएन ।

बंगलादेशले भारतबाट प्राप्त गरेको जग्गालाई अब खस खटियाँ ९सरकारी जग्गा० भनिनेछ । यसमध्ये ४८ दशमलव १२ एकड खेतीयोग्य, ६ दशमलव ८७ एकड चिया बगान र १ दशमलव ८७ एकड खेतीयोग्य छ । दुई देशबीचको भूमि आदानप्रदान सौहार्दपूर्ण रुपमा भएको बताइएको छ ।

बंगलादेशका अन्य ८ जिल्लामा जग्गा बाँडफाँडका लागि सर्वेक्षण प्रस्तावित छ । यसले दुई देशबीचको जग्गा बाँडफाँड गर्न अनुमति दिनेछ। सर्वेक्षणमा बीएसएफ, बीजीबीलगायत अन्य एजेन्सीहरू पनि संलग्न हुनेछन्। सर्वेक्षण वर्षको अन्त्यसम्ममा सम्पन्न हुनेछ ।