पालिका र विद्यालयका कारण पाठ्य पुस्तक पुगेन

336
Shares

धादिङ ।

भर्ना हुने बित्तिकै विद्यार्थीलाई पाठ्यपुस्तक दिने भनेर शिक्षा मन्त्रालयको घोषणा र जनक शिक्षा सामाग्री केन्द्रले उपलब्ध गराएको किता विद्यालयहरुले लिन नआएपछि स्थानीय किताब डिपोहरुमै सिमित भएको छ ।

नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना हुने दिन अर्थात वैशाख २ गते विद्याथीृको हातमा किताब पुर्याउनु पर्ने भएपनि धादिङको दक्षिणी क्षेत्रका विद्यालयहरुले भने पाठ्यपुस्तक नै लगेका छैनन् । शैक्षिक सत्र अगाडी नै विद्यालयमा पाठ्यपुस्तक पुर्याउने सरकारको निर्णय स्थानीय पालिकाले विद्यालयमा रकम रकम निकासा नदिने र विद्यालयले डिपोमा आएको पाठ्यपुस्तक नलाने भएपछि धादिङका धेरै विद्यालय सरकारी योजना कार्यान्वयन गर्न असफल भएका छन् ।

धादिङ जिल्लामा पस्तक तथा स्टेशनरी व्यवसायिहरुले सामुहिक रुपमा धार्के, गजुरी, चरौंदी र धादिङबेसीमा पुस्तक वितरण डिपो राखेर किसाव वितरण गरेको छ । दुर्गम क्षेत्रमा पाठ्यपुस्तक पुर्याउनु पर्ने बाध्यता सरकारले भनेपछि पुस्तक व्यवसायहरु समयमै पुस्तकहरु डिपोमा ल्याएर राखेर वितरण गरेको भएपनि धेरै विद्यालयमा पुस्तक लिन विद्यालयहरु नआएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसाय महासंघका केन्द्रीय उपाध्यक्ष नारायण कुमार श्रेष्ठले बताउनु भएको छ ।

धुनीबेसी नगरपालिकामा ४३ मध्ये ३ विद्यालयले पाठ्यपुस्तक लगेका छन्, थाक्रे गाउँपालिकामा ४३ मध्ये २० ओटाले, गल्छी गाउँपालिकामा २८ विद्यालय मध्ये ३ ओटा विद्यालयले किता लगेका छन् । गजुरी डिपोबाट ४५ विद्यालयले पाठ्यपुस्तक लानु पर्नेमा ५ विद्यालयले मात्र किताब लगथेको डिपोका चन्द्रकान्त अधिकारीले जानकारी दिनुभयो ।

बेनिघाट रोराङ गाउँपालिकाको डिपोबाट ७० विद्यालयले किताब लानु पर्नेमा ९ विद्यालयले मात्र किताब लगेको विष्णु भट्टराइले जानकारी दिनुभएको छ ।

धादिङको दक्षिणी क्षेत्रमा रहेका स्थानीय सरकारले धेरैजसोमा विद्यालयको खातामा पैसा पठाएका छैनन् भने पैसा पठाएकाहरुले समेत विद्यालयले किताब लानका लागि चासो नदेखाएको पाठ्यपुस्तक वितरकहरुको भनाइ छ । मध्य धादिङ र उत्तर धादिङका विद्यालयहरुले भने ७५ प्रतिशत विद्यालयले पाठ्यपुस्तक लगि सकेको वितरणको संयोजन गरिरहनु भएका नारायणकुमार श्रेष्ठले बताउनुभयो ।

नीलकण्ठ नगरपालिकाको ८३ मध्ये ४२ विद्यालयले किताब लगेको भने ज्वालामूखी, त्रिपुरासुन्दरी, नेत्रावतीडबजोङ, गंगाजमुना, खनियाबास, रुबीभ्याली, सिद्धलेक गाउँपालिाका ९६ विद्यालयले मात्र किताब लान बाँकी रहेको छ । यसअघि नै पालिका स्तरको परिक्षा लिएको कक्षा ८ को रिजल्ट समेत ज्वालामूखी गाउँपालिकाले अझै गरेको छैन ।

गजुरी, बेनिघाट रोराङ गाउँपालिकाले विद्यालयको खातामा पाठ्यपुस्तकको निकासा नै दिएको छैन् । स्थानीय सरकारको मनोमानी काम र संघीय सरकारले समयमै काम गर्नका लागि निकासा दिएपनि स्थानीय सरकारले विद्यालयलाई निकासा नदिँदा समेत विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक नपाउने अवस्था आएको हो ।